Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको अर्को खतरा जनावरसँग छ । यदि मानिसले भाइरसलाई अन्त्य गरेपनि महामारीको दोस्रो लहरको कारण जनावर बन्न सक्छ । यसमा कोरोनाभाइरस धेरै सँख्यामा देखिन सक्दछ ।यो दावी यूनिभर्सिटी कलेज लण्डनको अनुसन्धान प्रतिवेदनमा गरिएको छ । लेंसेट जर्नलमा प्रकाशित शोधका अनुसार, कोरोना महामारी रोक्नको लागि दुनियाँभरमा जनावरको जनसँख्यामा नजर राख्नुपर्ने जरुरी हुन्छ ।

शोधकर्ताको दावी यो छ कि नजिक रहने जनावरमा यदि भाइरस पुगे या यस्तो केश बढेमा महामारीको दोस्रो लहर आउन सक्छ । तर कुन जनावरमा संक्रमणको खतरा बढी छ भन्ने कुरामा धेरै शोध गर्नु जरुरी हुन्छ ।शोधकर्ता प्रोफेशर जोन सेंटिनी भन्छिन्— यस्तो प्रमाण प्राप्त भएको छ कि जनावरमा मानिसबाट कोरोनाभाइरस पुग्न सक्छ र पुनः मानिसमा फैलन सक्दछ । संक्रमणको जोखिम कति छ, अहिले यो बताउन सकिँदैन किनकी यस विन्दुमा अनुसन्धान भएको छैन ।

प्रोफेसर सेंटिनी भन्छिन्— हामीलाई बचाउको लागि यस्तो रणनीति बनाउने जरुरत छ, जसबाट मानिससँगै जनावरलाई पनि बचाउन सकियोस् । कोभिड-१९ को सुरुवात चीनमा भएको थियो, जसमा बाहक सालकलाई बताइएको थियो । सालकबाट कुनै जनावरमा कोरोना पुग्यो र मानिसमा फैलियो ।प्रोफेसर सेंटनीका अनुसार, जसरी महामारी बढिरहेको छ, यसरी नै जनावरमा पनि कोरोनाको खतरा धेरै छ । यदि यस्तो भएमा २००२ को महामारीको तुलनामा मानिसमा धेरै संक्रमण फैलनेछ । कोरोनाको मोडल र ल्याब स्टडी योतर्फ इशारा गर्दछ र बताउँछ कि यो कयौँ तरिकाको जनावरमा फैलन सक्दछ ।

शोधकर्ताका अनुसार, यदि यो भाइरस जनावरमा पुगेमा यसलाई रोक्न कठिन हुनेछ ।जनावरमा कोरोनाको सबैभन्दा चर्चित घटना५ मार्चमा हङकङका दुई पाल्तु कुकुरमा मानवबाट कोरोनाभाइरस संक्रमण पुष्टि भयो ।५ अप्रिलमा न्यूयोर्क सिटीको ब्रोन्क्स चिडियाघरमा ४ वर्षको बाघिनीमा कोरोना देखिएको थियो । त्यसपछि थप ४ बाघ र ३ सिंह संक्रमित भए ।२२ अप्रिलमा न्यूयोर्ककै दुई घरपालुवा बिरालोमा भाइरसको संक्रमण देखिएको थियो ।भर्खरै नेदरल्याण्डमा पनि जनावरबाट मानिसमा भाइरस सरेको पाइएको छ । एजेन्सीको सहयोगमा