Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

डोटी । अमरसिंह थापाले बाल्नुभएको डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती अहिले सम्म पनि निरन्तर बलिरहेको छ ।नेपाल एकीकरणको बेलामा थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको हो । उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन् ।