Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

नदी किनारमा तिब्र रुपमा खन्ने काम चलिरहेको थियो। त्यही क्रममा अचानक बालुवाभित्र दबिएको मन्दिर प्रकट भएपछि मानिसहरु आश्चर्यमा परेका छन्। अचानक बालुवाभित्र दबिएको विशाल मन्दिर भेटिएपछि खैलाबैला मच्चिएको हो। उक्त मन्दिर कयौँ वर्ष पुरानो बताइएको छ।

यो घटना भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लाको हो। मंगलबार रेल्लोर जिल्लाको पेरुमल्लपाडु गाउँको पेन्ना नदी किनारमा उक्त मन्दिर फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रिर्पोटका अनुसार उक्त मन्दिर भगवान शिवको भएको बताइएको छ। स्थानीयले उक्त मन्दिर २०० वर्ष पुरानो भएको बताएका छन् भने कसैले सय करोड वर्ष पुरानो भएको दाबी गरेका छन्।

यो मन्दिरको बनावट ऐतिहासिक नागेश्वर स्वामी मन्दिर जस्तो आकृतिको भएको बताइएको छ। धार्मिक मान्यताका अनुसार यो मन्दिर भगवान परशुरामले बनाएको विश्वास गरिन्छ।

अहिलेसम्म यस मन्दिरका बारेमा पुरातत्वविद्ले कुनै ठोस जवाफ दिएका छैनन्। यस विषयमा जानकारले विस्तृत रुपमा अध्ययन गर्ने बताएक छन्।