Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

ग्रहणकाे समयमा साधना गर्ने हरुका लागि अति उपयोगी समय मानिएको छ । विशेषगरी सरस्वतीकाे आशिर्वाद प्राप्त गर्नका लागि ग्रहणकाे समय अति उपयोगी हुने ज्याेतिषविद् हरुले जानकारी गराएका छन् ।

कलाकारितामा लागेका हरुले सरस्वतीकाे साधनाका क्रममा कुनै धार्मिक स्थान या आफुबसाेबास गरकै स्थानमा बसेर संगीत या अन्य कुनै आफूलाई रुचि भएकाे विषयमा साधन गरेमा यसकाे फल अरु समयमा भन्दा तीनगुणा वृद्धि हुने शास्त्रीय वचन रहिआएको छ ।

यस्ताे समयमा आफूलाई चाहनाअनुसारकाे कला साधना गरेका लामाे समयसम्म प्रसिद्धि प्राप्त गर्न सकिने समेत उल्लेख गरिएकाे छ । हरेक क्षेत्रमा सफलता प्राप्त गर्नका लागि सही समयमा राम्राे काम यदी राम्राे समय पारेर गरेमा त्येसकाे परिणाम दीर्घकालीन समयसम्म रहिरहने छ ।

यस्ता विशेष प्रकारकाे समयमा एकान्तमा बसेर साधना गरेमा हरेक क्षेत्रमा सजिलै सफलता प्राप्त गर्न सकिने बताइएको छ । यसरी साधना गर्नका लागि अन्य यन्त्र,तन्त्र,मन्त्र आदि साधन गर्नका लागि यस्ताे समय अति उपयुक्त रहनेछ ।

आइतबारका दिन बिहना १० बजेर ५० देखि दिउँसो २ बजेर २३ मिनेट सम्मकाे समयमा साधना गर्न सकियाे भने ३ घण्टा ३३ मिनेट सम्म साधना गरियो भने यसकाे प्रभाले गर्न खाेजिएकाे सम्पूर्ण कर्महरु सिद्ध हुने भएकाले कला क्षेत्रमा लागेका हरुका लागि याे ग्रहणकाे अवधिभर गाेल्डेन समय रहने वास्तुविद् हरुले जानकारी गराएका छन् ।

यसपालिको ग्रहण पनि कलासंग सम्बन्धित बुधग्रहकै राशिमा लागेकाले पनि याे समय उत्तम भनेर भनिएको छ । शास्त्रमा बुधग्रह कला,वाणिाज्य,अभिनय,लेखनशैली आदिकाे प्रतिनिधित्व गर्ने भएकाले पनि कला क्षेत्र पनि बुद्धि तथा चतुर्‍याइँ चाहिने भएकाले याे समय अति उपयोगी रहने उल्लेख गरिएको छ ।
केटिएम दैनिकबाट साभार