Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

हेटौंडा । सडक दुर्घटनामा ६ महिनाअघि मात्र पति गुमाएकी हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको रहस्यमय मृ त्यु ह त्यातिर मोडिएको छ । हालसम्मको अनुसन्धानबाट थापाको निधन नभई नियोजित ह त्या भएको प्रहरीले प्रारम्भिक ठहर गरेको छ । असार २ गते भान्सा कोठामा मृतावस्थामा शव फेला परेकी स्मिताको शव र घटनास्थल हेर्दा ह त्या नै अनुमान गरिएको प्रहरीको भनाइ छ । तर, हालसम्म घटना रहस्यमय नै रहेको छ ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको ह त्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले जानकारी दिएका छन् । थापाको शव भान्छामा वि भत्स अवस्थामा भेटिनुले उनलाई तड्पाई तड्पाई ह त्या गरिएको आशंकामा अनुसन्धान भइरहेको एसपी राठौर बताउँछन् । मृतक थापाको टाउकोमा ग म्भीर चो ट, आँखा फु टाइएको र घाँ टी, हातमा निलोडा म देखिएको घटनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ ।

घटनामा सुस्मिताका ससुरा र नन्दको भूमिका शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ । बिहीबार मृतककी ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । सोही दिन घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको प्रहरीसमक्ष बताएका छन् ।

एक वर्षअघि सुस्मिताको हेटौंडा घर भएका रुपेन्द्र थापासँग विवाह भएको थियो । कपिलवस्तुको बाणगंगा माइती भएकी सुस्मिता र रुपेन्द्रले विवाह गरेपछि उनीहरु कहिले नराम्रो भएको नसुनिएको स्थानीय बताउँछन् । गत मंसिरमा उनीहरु मोटरसाइकलमा कपिलवस्तु गएका थिए । रुपेन्द्र पनि एकरात ससुरालीमा बसे र भोलिपल्ट श्रीमती सुस्मितलाई छाडेर हेटौंडा घर फर्किए ।

घर फर्किने क्रममा नवलपरासी दाउन्नेमा रुपेन्द्रले चलाएको मोटरसाइकल ट्रकसँग ठोकिंदा उनको घटनास्थलमै ज्यान गएको थियो । त्यसयता सुस्मितालाई हेटौंडामा ससुराले कहिले पनि राम्रो सोचेनन् । सधैं नराम्रो सोच्दै गा ली गर्ने गरेको छिमेकीहरु बताउँछन् । त्यसपछि सुस्मिता प्रायः माइतमै बस्दै आएकी थिइन् । लकडाउन हुनुभन्दा ३,४ दिनअघि मात्र सुस्मिता हेटौंडाबाट कपिलवस्तु माइत गएकी थिइन् । लामो बाटोले गर्दा लकडाउनको कारण सुस्मिता लामो समय कपिलवस्तुमै रोकिइन् ।

घटनाको दिन सुस्मिताले माइतमा आमासँग राति १० बजेतिर अनलाइनमा कुरा गरेर चाँडै लिन आउनु भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुस्मिताको आमा भन्छिन्, ‘के थाहा त्यही दिन उसको अन्तिम दिन हुनसक्छ भनेर । यस्तो हुन्छ भन्ने थाहा पाएको भए केही न केही गरिन्थ्यो होला ।’