Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

काठमाडौँ: खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव नेपाल आइपुगेको छ । लकडाउनका कारण विदेशमा मृत्यु भएका नेपालीको शव उडान शुरु भए लगतै ल्याउने क्रम जारी रहेको छ ।शुक्रवार बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा नेपालीको शव ल्याइएको थियो। कुवेतबाट जजिरा एयरले २ वटा शव र दुबईबाट आएको नेपाल एअरलाइन्सले एक जनाको शव ल्याएको जनाइएको छ ।

शुक्रबार विदेशमा ज्यान गुमाएका २३ नेपालीको शव नेपाल ल्याइएको छ । त्यती धेरै शव विमास्थलमा एकैपटक ल्याउँदा आफन्तको रु’वा’वासीले माहौल निकै पी’डादायी देखिएको थियो । एकै पटक २३ नेपालीको शव ल्याएका कारण शुक्रवार त्रिभुवन विमान स्थलमा निकै भिडभाड थियो ।परिवारको लागि राम्रो सपना देखेर विदेशीएका युवा युवती वाकसमा फर्किएका थिए ।

उनीहरुको विछोडको पी डामा विमानस्थलमा सन्नाटा छाएको थियो । युवा अवस्थाका छोराछोरी गुमाएका वृद्ध बुवाआमाको आँखामा आएको आँ शुले आकास रो एको जस्तै भाग हुन्थ्यो । शुक्रवारको मौसम पनि त्यस्तै थियो । आकास धुम्मिएको र सन्नाटा ।बुढीआमा कोइकुमाया घले आफ्नो जवान छोरीको शवको पर्खाएमा थिइन् । जव छोरी शव राखेको वाकस आइपुग्यो उनले मन थाम्न सकिनन् । ७० वर्ष पुग्न लागेको वृद्ध आमाको मनको बाँ ध भत्कि यो । ७ महिना अघि मात्र विदेश गएकी छोरी यसरी आउलिन् भन्ने उनले कल्पना पनि गरेकी थिइनन्।