Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

काठमाडौ, भारतमा हालै एक अनौठो घटना घटेको छ । भारतमा एक पत्निले पतिको शरिरिमा उमालेको तातो पानी खनाई दिएकी छिन् । पत्निले भनेको काम नमाने कै कारण उनले उम्लेको पानी खन्याएकी हुन् । उनिहरु बिच केहि दिन पहिला सामान्य कुरामा विवाद भएको थियो ।

विवादकै कारण पति लिभिङ रूममै सुतेकै अबस्थामा उनले पानी खनाएको भारतिय मिडियाले जनाएको छ । पत्निले उनलाई बेडरूममा आएर सुत्न भनेकी थिइन् ।

र उनले पटक पटक भन्दा पनि नमानेका कारण पत्निले तातोपानी खन्याएकको बताएकी छिन् । तातो पानीका कारण पतिको छालामा फोका उठ्न थालेपछि तुरुन्त अस्पताल भर्ना गरिएको हो । अस्पतालको केहि बसाइपछि डिर्साज भएका उनले पत्निविरुद्ध उजुरी दर्ता गरे ।