Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा ऐनिहासिक निर्णय गरेपछि अहिले सो क्षेत्रका बासीन्दा उत्साहित भएका छन् । नेपालको प्रतिनिधि सभा र राष्ट्रिय सभावाट भारतले अतिक्रमण गरेको जमिन समेत समेटेर नयाँ नक्सा पास भएको छ । नयाँ नक्सा समेटिएको निसान छाप दुवै सदनवाट पास भएको हो ।

संविधान संसोधनको प्रस्तावमा राखिएको निसान छाप पास गर्न सबै राजनीतिक दल एक भए ।अहिले लिपुलेकका स्थानिय बासीन्दा आफुहरुले भारतीय सुरक्षाकर्मीवाट पाएको या तना सुनाउन काठमाडौं आएका छन् । नेपाली भूमीमा भारतीय सुरक्षाकर्मीले कसरी क ब्जा जमाउँछन् भन्ने बारेमा उनीहरुले अनुभव सुनाएका छन् । भारतीय सुरक्षाकर्मीले आफ्नै भूमी तर्फ फर्केर हेर्न समेत नदिने गरेको उनीहरुले बताएका छन् । अहिले भर्खर नेपालले सुरक्षाकर्मी पठाएपछि आफुहरुले केही राहत पाएको बताएका छन्