Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

काठमाडौं। विश्वव्यवापी म’हा’मा’रीको रुप लिएको कोभिड १९ का कारण विश्व सबैभन्दा खतरनाक अवस्थामा प्रवेश गरेको विश्व स्वास्थ्य संगठनले चे’ता’व’नी दिएको छ। गएको जनवरीमा चीनको वुहानबाट फैलिएको कोराना भाइरस म’हा’मा’री नयाँ र ख’तरनाक अवस्थामा प्रवेश गरेको संगठनले चेतावनी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

हाल विश्वभर ८५ लाख १३ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ४ लाख ५४ हजारभन्दा धेरैको मृ’त्यु भइसकेको छ। यो तथ्यांक हरेक मिनेटमा बढिरहेको छ। चीनपछि युरोपमा विध्वंश मच्चाएको कोरोनाले अहिले अमेरिकादेखि दक्षिण एशियासम्ममा नराम्रोसँग प्रभावित पारेको छ। नेपालमा शुक्रबारमात्र संक्रमितको संख्या ८ हजार नाघेको छ।