Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

सुशान्त सिंह राजपुत भारतका लोकप्रिय कलाकार हुन् । टेलिभिजनबाट अभिनयमा प्रवेश गरेका उनले बलिउडमा धेरै नै संघर्ष गरेको बताएका थिए । आइतबार मात्रै सम्पुर्ण फिल्म जगतलाई नै आश्चर्यमा पार्दै उनले आत्माह-त्या गरे ।

उनले आत्माह-त्या गरेपछि बलिउडमा नेपोटिजमको बारेमा कुरा उठिरहेको छ । कंगना रनावतले उनलाई समर्थन गर्दै उनलाई मानसिक रुपमा कमजोर नभन्न आग्रह गरेकी छिन् । त्यस्तै २५ वर्षकै उमेरमा प्राण त्याग गरेकी जिया खानकी आमाले पनि बलिउडले संघर्षको महत्व नबुझेको बताएकी छिन् ।

गाडी र बाइकका सोखिन सुशान्त अन्तरिक्षको बारेमा धेरै नै चासो राख्थे । द कपिल शर्मा शोमा उनले घरमा टेलिस्कोप भएको स्वीकार गरेका थिए । हामीबाट टाढा भएका सुशान्तको घर कस्तो छ हेरौं तस्विरहरु…


केटिएम दैनिकबाट साभार