Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

काठमाडौं । भारत र चीनबीच सिमानाा अहिले झ डप भइरहेको छ । लद्दाकमा भएको दुई सेनाबीचको भि डन्त मा २० भारतीय सेनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने भारतीय सेनामा कर्णेल समेत छन् । सो झ डप पछि भएको वार्ता पछि चीनले आफ्नो क ब्जामा रहेका थप भारतीय कर्णेल सहित १० जनालाई रि हा गरेको छ । चीन र भारतबीच त ना व बढिरहेका बेला अमेरिका पनि यस क्षेत्रमा प्रवेश गरेको छ ।

अमेरिकाले प्रशान्त महासागरमा आफ्ना तीन यु द्ध पोत तैनाथ गरेको चिनियाँ मिडियाले उल्लेख गरेको छ । चीनको सरकारी धारणा बोल्ने पत्रिका ग्लोबल टाइम्सले अमेरिकाको कदमले दक्षिणी चीन सागरमा आफ्ना सैनिकलाई ख त रा हुने जनाएको छ ।

चीनका नौसेना विशेषज्ञ ली र्जीको हवाला दिँदै ग्लोबल टाइम्सले यसो गरेर अमेरिकाले प्रशान्त क्षेत्र समेत पूरै विश्वसामु आफूलाई सबैभन्दा शक्तिशाली नौसेना शक्तिको रुपमा देदाउन चाहेको आरोप लगाएको छ ।

अमेरिकाको यस्तो कदमले स्प्रेटली र प्यारासेल आइल्याण्डमा तैनाथ चिनियाँ सैनिकलाई ख त रा हुने उल्लेख छ । यी आइल्याण्ड नजकैबाट जाने जहाजहरुलाई पनि ख त रा हुने पत्रिकाले जनाएको छ । यद्यपि चीन यो क्षेत्रमा आफ्नो हितबाट पछि नहट्ने पनि बताइएको छ ।