Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

काठमाडौं । लकडाउनकै सयममा बलिउडले धेरै राम्रा कलाकार गु’मायो । ऋषी कपुर देखि सुशान्त सम्म आइपुग्दा बलिउडले फिल्म क्षेत्रमा निकै धेरै क्ष ति बेहोरेको छ । अरु कलाकारहरुको स्वभाविक निधन थियो भने सुशान्तले देह त्या’ग गरेका हुन् । ३४ वर्षकै उमेरमा देह त्या’ग गरेका सुशान्त बलिउडमा उचाई बनाउँदै गरेका कलाकार थिए । त्यसैले पनि उनको निधनले अहिले बलिउड तरंगित भएको छ । सामाजिक सञ्जालमा बलिउडका नराम्रा पक्षका बारेमा वहस जारी छ ।

लकडाउनकै समयमा वलिउडले १५ कलाकारलाई गुमाइसकेको छ । तर सुशान्तको निकै चर्चा भएको छ । एक महिना भन्दा केही दिन बढी भएको छ बलिउडका अर्का निकै चम्किला कलाकार इरफान खानले पनि यो संसार छोडे । उनको परिवार शो’कमै छ । शो’कमै रहेको परिवारले फिल्म क्षेत्रकै अर्का कलाकारको देह त्या’गको खबरले निकै दु’खी बनायो ।

इरफान खानको छोराले सुशान्तको नि’ध’नको खबर सुनेपछि सामाजिक सञ्जालमा एउटा फोटो सार्वजनिक गर्दै स्टाटस लेखे । त्यसमा उनले सुशान्तलाई चिकित्सकको जानुभन्दा अर्कै वाटो किन रोज्यौ भनेर प्रश्न गरेका छन् ।

छोराले लेखेको सोही स्टाटस र तस्बिरमा भर्खरै श्रीमान गु’माएकी सुतपाले पनि निकै मार्मीक कमेन्ट लेखेकी छन् । उनले आफ्नो श्रीमान इरफान र सुशान्तको तुलना गर्दै कमेन्ट गरेकी छन् । उनले लेखेकी छिन् , ‘मानवको मस्तिष्क सोसल मिडियामा निहित भइसक्यो, तिमीलाई गु’माउनु पर्दा एकदमै दु’खी भएको छौं ।’

उनले सुशान्त पी’डामा हुँदा पनि समाजले थाहा नपाएको बताएकी छन् । सामाजिक सञ्जालले मानिसलाई मेसिन जस्तो बनाइदिएको र एक अर्काको पी’डा बुझ्ने समय नभएकोमा चि’न्ता ब्यक्त गरेकी छन् । उनी अगाडी लेख्छिन्, तिमी त्यति धेरै पी’डामा हुदाँ पनि मैले थाहा पाउन सकिन मलाई माफ गरिदेउ मेरो बच्चा । उनले आफ्ना पति इरफानले पनि बलिउडमा टिक्नलाई सुशान्तले झै स’घषै गरेको बताएकी छन् । सुतापा लेखिछन्, ‘तिमीले जस्तै स’घर्ष गर्यौ तर कहिले हार मानेन तिमीले चै कसरी मानेउ बाबु ?’

सुशान्तको नि’धन पछि अहिले भारतमा परिवारबादका कारण यिनीहरु जस्ता निकै मेहनती र गुणस्तरीय कलाकारलाई बलिउडले ठाउँ नदिएको वहस सुरु भएके छ । सामाजिक सञ्जालमा चर्चीत कलाकारलाई वहि’ष्का’र अभियान पनि सुरु भएको छ । इरफान खान पनि बलिउड परिवार भन्दा बाहिरका हुन् । उनले पनि जीवनमा धेरै सुंघर्ष गरेर अगाडी बढेका थिए ।