Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

काठमाडौ । बलिउडका नायक सुशान्त सिंह राजपुतको मृत्युसंगै कलाकारहरुले बलिउड भित्रको विकृतिको विषयमा प्रश्न उठाउन थालेका छन् । यहि क्रममा गायक सोनु निगमले समेत आफ्नो पिडा पोख्दै सुशान्त प्रति आफ्नो भावना व्यक्त गरेका छन् ।

सोनु निगमले सामाजिक संजालमा लाईभ आएर आफुले समेत केहि कलाकारहरुबाट हेपाई सहेको कुरा व्यक्त गरेका छन् । उनले सांकेतिक रुपमा सलमान खान तर्फ औलाउदै आफुले समेत धेरैचोटी हेपाई सहदै आएको र यहि सुशान्तको समेत पिडा रहेको उल्लेख गरेका छन् ।

सोनुले भने, “सुशान्तको केसमा नाम आएको एक कलाकारसंग मेरो पनि पिडाको घटना जोडिएको छ । ति कलाकारले मेरो स्वरमा भएको गितहरु हटाउन लाएर अरुको स्वरको गित राखेका छन् ।

मलाई गाउन लाएर अन्तिममा हटाएर अरुलाई गाउन लाएका छन् र यो मेरो मात्र नभएर अहिलेको नयाँ गायकहरुको समेत पिडा हो । आर्जित सिंहलाई समेत यस्तो हर्कत गरेका छन् ति कलाकारले जसले गर्दा आर्जितको स्वरको गित उनको चलचित्रमा राख्न नै छोडेका छन् ।”