Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

मानिसको विवाह र महंगा पहिरनको बारेमा त सुनेकै हो तर कुकुरको विवाह र महंगो पहिरनको बारेमा पहिलो पटक सुनिएको हो । यो अस्ट्रेलियाको मेलवर्न शहरमा भएको कुकुरको विवाहको प्रंसग हो । यो विवाहमा बेहुली जेस्मिन नामको कुकुरलाई १ लाख २७ हजार भन्दा बढी मूल्य पर्ने कपडा पहिराइएको थियो ।

दुलाहा भएको जेस्पर कुकुरलाई पनि महंगो शुट लगाइदिएका थिए । यस्तो आश्चर्य लाग्दो विवाहमा ३५० भन्दा धेरै मानिसहरु उपस्थित भई पार्टीको मज्जा लिएका थिए । जेस्मिनको ड्रेस अस्टे«लियाका चर्चित डिजाइनरले तयार पारेका हुन् । रेस्क्यु एंड अडोप्शन विक्टोरिया नामको सस्थाले आयोजना गरेको हो । सस्थाका अनुसार उनीहरुबीच ७ वर्षदेखि प्रेमसम्बन्ध चल्दै आएको बताइएको छ । विवाहमा उपस्थित मानिसहरुले आफ्नो घरको कुकुर पनि ल्याएका थिए । एजेन्सी

यो पनि कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना पुष्टि, ८६ जना दैलेखका

काठमाडौं । कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ गरी कूल १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दैलेखको महावु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका–२ मा ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

डा तिवारीका अनुसार गुराँसे गाउपालिकामा पाँच, भैरवी गाउँपालिकामा एक, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुई÷दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुई÷दुई र सिम्ता गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।

महाशाखा प्रमुख डा तिवारीका अनुसार आज १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या एक हजार २२४ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट छ, आइसोलेशन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबाट एक र महाबु आइसोलेशन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको सङ्ख्या ५०५ पुगेको छ । बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको महाशाखाले जनाएको छ ।