Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

अंकित​ उप्रेती, टिकापुर : एक समयकि भाईरल बाल गायिका पुजा देवकोटाका बुवा घर फर्कि’नुभएकोछ । करिव पाँच बर्षदेखि सम्पर्क बिहिन भएका पुजाका बुवा विश्वभरि कोरोनाको प्रकोप चलिरहेका बेला घर आएकाहुन् । लम्कि मल्टिपल क्यापसमा १४ दिन करेन्टाईनमा बसेर हिजो मात्रै पुजाका बुवा घर आईपुगेकाछन् ।

भारतको हिमाञ्चल प्रदेशमा एउटा अार्मिको घरमा करिव पाँच बर्ष देखि काम गर्दै आएको थिए पुजाका बुवाले भन्नुभयो, कोरोनाको प्रकोपका कारण प्रदेशमा रहेका सबै नेपालिलाई काम गर्ने ठाँउ बाट घर पठाईदिएपछि उनी पनि घर आएको बताउछन् ।यति बर्ष सम्म कहाँ हराउनु भएको थियो ? के यी साना नानि बाबुको माया लागेन ? भन्ने प्रश्नमा उहाँले माया लाग्थ्यो तर लागेर के गर्नु म संग मोबाइल पनि थिएन र नजिकै कोहि नेपालिहरु पनि नभएका कारण घरमा सम्पर्क हुन सकेन उनले भने ।