Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

उनी बस व्यवसायी मात्र थिएनन । नेकपाको प्रतिबद्ध कार्यकर्ता पनि थिए । र उनले आफ्नो पहिचान भने कुनै पार्टीको कार्यकर्ताका रुपमा सिमित राखेनन । उनी भ्याएसम्म सबैको मलामी जान्थे । बिबाह तथा सामाजिक कार्यहरुमा सहभागिता जनाउन पनि उनी चुक्थेनन । कोरोना संक्रमित भईसक्दा पनि उनको सक्रियता कम भएन । किनकी उनलाई संक्रमित भएको थाह थिएन ।

त्यहीबीचमा पनि बिबाहमा गए । मलाम गए ।थाहै नपाई उनलाई कोरोनाले गलाईसकेको थियो । तर उनी थाकेका थिएनन । अन्तिम समयसम्म पनि परिवारले उनलाई काठमाण्डौं लैजाने हरसंभव प्रयत्न ग¥यो । परिवारका सदस्यहरुले हेलिकोप्टर तथा एयर एम्बुलेन्सको व्यवस्थापनका लागि स्थानीय सरकारलाई गुहारे । प्रदेश सरकारसंग अनुनय बिनय गरे । संघीय सरकारसंग आग्रह गरिरहे ।