Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

काठमाण्डौ –दुबईबाट ९४ जना गर्भवतीसहित १४८ जना नेपाली बोकेर आरए २२९२ नम्बरको न्यारोबोडी जहाज उडेको छ । जसमा १ सय १ जना महिला र ४७ जना पुरुष त्यस्तै १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका छन् । त्यस्तै । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिक तथा १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती रहेको बताइएको छ ।

गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु रहेका छन् ।त्यस्तै गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव पनि ल्याइदै छ । ४० हजार रुयैयाँ तिरेर टिकट काटेका छन् । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो ।नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएको समय अनुसार बिहान ११ बजे हुने ब्त्ँयउक्ँे छ ।