Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

हाम्रा पितापूर्खाहरु भन्ने गर्छन् ,साँझ परेपछि कुच्चो लगाउनु हुन्न, जुत्ता-चप्पल उल्टो पारेर राख्नु हुँदैन, नङ काट्नु हुँदैन । हाम्रो घरका अग्रजहरुले हामीलाई सधैं सम्झाइरहने कुरा हो राति नङ काट्नु हुँदैन । तर, यसको पछाडि के वैज्ञानिक कारण छ त ? यो कुरा हामीलाई कसैले पनि बताउने गरेका छैनन् । के वास्तवमै कुनै त्यस्तो कारण छ, जसले राति नङ काट्नाले अशुभ हुन्छ ?
पहिलो कारण
जब हामी नङ काट्छौं । तब हामीले विशेष ध्यानदिनु पर्ने कुरा के हुन्छ भने हाम्रा औंलाहरुमा कुनै पनि प्रकारको हानि पुग्नु हुँदैन । पुरानो समयमा न त सबै घरहरुमा बिजुली हुन्थ्यो, न त हरेक समय बिजुली नै आउँथ्यो । पुरानो समयमा मानिसहरु सूर्यको प्रकाशका अनुसार नै आफ्नो सबै कार्यहरु गर्दथे । त्यसैले पनि त्यो बेला राति होइन, दिउँसो उज्यालोमै नङ काट्नुपर्छ भन्ने चलन चलाइएको थियो ।

दोस्रो कारण
प्राचीन समयमा मानिसहरुले आफ्नो नङ चक्कु अथवा छुरीले काट्ने गर्दथे अथवा कुनै धारिलो औजारले काट्दथे ।हातमा कुनै पनि प्रकारको चोट नपुगोस् भन्नका लागि उनीहरुले राति नङ नकाटेका हुन् ।
तेस्रो कारण
जब हामी नङ काट्छौं, नङ झरेर कुनै खाद्य पदार्थ अथवा कसैको आँखामा पनि पर्न सक्छ । जुन निकै नै हानिकारक हुनसक्छ ।
पुरानो समयमा बिजुलीको सही अवस्था नभएका कारण हाम्रा अग्रजहरुले हामीलाई राति नङ काट्नलाई रोकेका थिए । यद्यपि, बित्दो समयसँगै मानिसहरुले यसलाई अन्धविश्वाससँग जोडेर एउटा भ्रमको रुपमा लिदै आएका छन् ।