Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

काठमाण्डु, – काठमाण्डु महानगरपालिका क्षेत्रभित्र अब कुकुर पाल्न अनुमति लिनुपर्ने भएको छ । काठमाण्डु महानगरपालिकाले कुकुर पाल्न अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७७/०७८ का लागि बिहीबार बजेट घोषणा गर्न आयोजित कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कुकुर पाल्न पूर्वअनुमति अनिवार्य गरिएको बताए ।

यस्तै सडक दुु’र्घटना तथा रोगब्याधी फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बहुउद्देश्यीय परियोजनामार्फत छाडा पशु नियन्त्रण कार्यक्रम ल्याइने पनि नीति कार्यक्रमा उल्लेख छ ।