Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

कलाकार अलि फेजलको आमाको निधन भएको छ । स्वास्थ्यमा समस्या आएर उनको निधन भएको हो । उनले बुधबार लखनउमा रहेको आफ्नै घरमा अन्तिम श्वास फेरेकी हुन् ।

पत्र जारी गर्दै अलिले भने, ‘मैले मेरो आमा गुमाए, उपचार हुदाँहुदै पनि उहाँलाई हामीले बचाउन सकेनौं । उहाँको मृत्युले म स्तव्ध भएको छु र यो शोकबाट बाहिरिने प्रयास गरिरहेको छु ।’ उनले मिडिया र फ्यानलाई आफुलाई केहि समय स्वतन्त्र रुपमा छाड्न आग्रह गरेका छन् ।