Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

काठमाडौं । नेपालमा बिहीबार ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एकैदिन यति धेरै संख्यामा संक्रमण पुष्टि भएको पहिलो पटक हो । योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४१ पुगेको छ ।