Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

नाम,सम्मान, घर-बंगला,गाडी, पैसा, स्वदेश तथा बिदेश यात्रा, ठुला- ठुला व्यक्तिहरुसंग सम्बन्ध लगाएत सबैले सकारात्मक दृश्यले हेर्दाहेर्दै पनि सुखी तथा हेप्पि म्यारिड लाईफ हुननसक्नुकाे मुख्य कारण के हाेला?

यसको लामाे समय सम्मकाे अनुसन्धान गरेर केही यस्ता ज्योतषीय तथ्यहरु फेला परेका छन् । पुराना र अनुभवी अग्रजहरुको लामो अनुभवका आधारमा केही कुरा जानकारी गराउन गईरहेको छु ।

पछिल्लोपटक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेदकाे खबरले आम सर्बसाधरणलाई निक्कै चासाेकाे विषय बनेकाे छ । गाएक रामकृष्ण ढकाल जस्ता थुप्रै कलाकार हरु हुनुहुन्छ ।

कलाकारितामा लाग्ने हरुकाे कुन्डलिमा ग्रहहरुकाे डिग्री बलियाे हुनु पर्दछ अनिमात्र याे क्षेत्रमा सफल भईन्छ । चन्द्रमा बलियो भयाे भने मानिस सुन्दर चन्द्रमुखि पनि भनिन्छ कलाकारितामा सुन्दर हुनु आवश्यक छ ।

अर्काे मंगल ग्रह र सुर्य ग्रहकाे डिग्री पनि १४% देखि २०% सम्म हुनु पर्दछ त्याे भनेकाे सुर्यअनुसार १२ गते देखि २२ गते भित्र जन्मिनु पर्ने हुन्छ यस्ताे भयाे भने हिम्मत र पराक्रम तथा अल्लि जिद्दी पनि गराउने हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण भनेकाे गायक हरुकाे कुन्डलिमा यदि शुक्र ग्रह खराब भयाे भने कलाकारितामाता लान्छ तर स्त्रीहरुसंग लामाे समय सम्म सम्बन्ध बनाईराख्न दिदैन शुक्रग्रह केटा मान्छेका लागि पत्नीको कारक ग्रहका रुपमा रहन्छ जुन बिग्रनु हुदैन ।

गाइकायानि केटीमान्छेकाे चिनामा वृहस्पति ग्रह भनेकाे पतिकाे कारक ग्रहका रुपमा लिने गरिएकाे छ । विवाहका बेला वर र केटिलाई कन्याकाे रुपमा पुज्ने पनि गरिन्छ । वृहस्पति ग्रहले ज्ञानगुन धर्म-कर्म रिति रिवाज शैक्षिक याेग्यता कलाकारितामा लगानी पनि महत्त्वपूर्ण हुन्छ सुरुवाती समयमा लगानी पनि गर्नु पर्ने हुन्छ ।

यदि केटिकाे चिनामा वृहस्पति ग्रह कमजाेर भयाे भनेपनि कलाकारितामा लाग्न सकिन्छ तर । यसले आफूलाई कहिले पनि सानाे तथा दबियर बस्न नचाहाे साेच बिकाश गर्छ वृहस्पति ग्रहले ।

उता मंगलकाे कारणले कलाकारिता ल्याउने भएकाले मंगल भनेकाे सेना हाे जसले सजिलोसँग निर्णय गरिहाल्छ यस्तो अबस्था रहेकाले पनि धेरै कलाकार हरुकाे सम्बन्ध बिग्रेको हाे ।

मांगलिक याेग भएका हरु कलाकारितामा सफल हुने हुदा पनि मंगलले बहुविबाहकाे याेग निर्माण गर्ने हाे । जसकाे फल एक भन्दा धेरै विवाह गर्ने याेग भनेर भन्ने गरिन्छ । कलाकारितामा लागेका हरुकाे लक्ष्मी याेग हुनु प्रबल आवस्यक मानिन्छ ।

लक्ष्मीयाेगमा जन्मेका मानिसले अचानक पैसा कमाउने याेग निर्माण हुन्छ भने छाेटाे समयमा प्रसिद्धि गराउन यस्ताे याेगकाे बिशेश भुमिका हुन्छ ।

जन्म समयमा अथवा राशि कुन्डलि अनुसार लग्नेश, पञ्चमेश र भाग्य भाबकाे कुनैपनि प्रकारकाे सम्बन्ध रहेमा मानिसलाइ घर,गाडी, पैसा, सम्मान यात्रा मनाेरन्जनात्मक आदिकाे भरपुर उपभाेग गराउदछ। तर वैवाहित सम्बन्ध भने सफल हुन दिदैन ।