Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

काठमाडौं। भारतको पश्चिम बंगालमा एक व्यक्तिको मतदाता परिचयपत्रमा नाम, ठेगाना सबै सही छन् तर तस्वीर राख्नुपर्ने ठाउँमा कुकुरको फोटो राखिएको छ । कुकुरको फोटो भएका व्यक्ति सुनील करमाकर हुन् । उनी पश्चिम बंगालको मुर्शिदाबादमा बस्छन्। करमाकरले भारतको निर्वाचन आयोगवि’रुद्ध मा’नहा’निको मु’द्दा दायर गर्ने बताएका छन् । ६४ वर्षीय करमाकरले भने, ‘आयोगका अधिकारीले मेरो मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखेछन् ।

मैले सुधारका लागि निवेदन दिएको थिएँ । तर उनीहरूले सुधार गरेनन्।’ कर्मचारीहरूले जानीबुझी ग’ल्ती गरेको करमाकरको भनाइ छ । यसले गर्दा आफ्नो सार्वजनिक बे’इज्जती भएको र म’जाक उडाइएको उनले बताए । आयोगका अधिकारीलाई यसबारेमा सोध्दा ग’ल्ती कसरी भयो, थाहा नभएको बताए । तर करमाकरको मतदाता परिचयपत्रमा भएको ग’ल्ती सुधारिएको अधिकारीको भनाइ छ। मुर्शिदाबादमा सुनील करमाकर मात्र नभई ८ लाख ३० हजार मानिसले मतदाता परिचयपत्रमा भएका ग’ल्ती सुधार्न निवेदन दिएको बताइएको छ।