Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

काठमाडौं। युवाहरुको समूहले राजतन्त्र पुन:स्थापना माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठन र युवा संगठनका नेताहरुसहितको सहभागितामा राजावादीहरुले प्रदर्शन गरेका हुन्। राप्रपाको युवा संगठनका नेता विशेषा तामाङको नेतृत्वमा युवाहरुले बौद्धमा राजतन्त्र चाहियो भन्दै प्रदर्शन गरेका हुन्।

‘राजसंस्था पुनःस्थापनाको माग राखी देशभक्त, राष्ट्रवादी युवाहरुले प्रदर्शन गरेका हुन्’, उनले भने,’ राप्रपाका एकजना युवा जनक फडेराले भने, ‘देश लथालिङ्ग भइसक्यो। अब यसलाई सम्हाल्ने काम राजाले मात्रै गर्न सक्छन्, त्यसैले करिब डेढ सय युवाहरुले स्वतफुर्त प्रदर्शन गरेका हुन्।’