Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

एजेन्सी । सुशान्त सिंह राजपुतको आ-त्मह-त्या प्रकरणमा मुम्बई पुलिसले अहिलेसम्म ९ जनाको बयान रेकर्ड गरेको छ । सुशान्तको घरमै बस्ने सिद्धार्थ पिठानी (म्यानेजर) दीपेश सावन्त (घरको समान ल्याउने व्यत्ति) लगायतका रहेका छन् ।

मंगलबार बुबा र दुई बहिनीको बयान पनि लिएका छन् । अब सुशान्तको मुम्बईका छिमेकीहरुको बयान बाँकी छ । सुशान्तको साथी रिया चक्रवतीको बयानपछि सुरुमै उनीबाट सोधपुछ सुरु हुने भारतीय मिडियाले जनाएको छ ।

यसै गरी सुशान्तको आ-त्मह-त्याले बलिउडलाई दुई भागमा विभाजित गरिदिएको छ । एक तर्फ उनको नजिकका कलाकार साथीहरु छन् । जसले सुशान्तको आ-त्मह-त्याको कारण नेपोटिजम बताएका छन् । अर्का यसको विपक्षमा ।

आइतबार सुशान्तको आ-त्मह-त्यापछि उनको काका छोरोले सुशान्तलाई आ-त्मह-त्या गर्न उसकाएको आ-रोप लगाएका छन् । उनले सुशान्तले १० वर्षमा पाएको सफलता अब कसैले पाउन नसके दाबी गरेका छन्। उनको सफलताको बलिउडले कदर नगरेको पनि आरोप लगाएका छन् ।