Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

काठमाडौं। भारत र चीनबीच सीमा वि’वादलाई लिएर त’नाब बढेको छ ।पछिल्लो समय लद्दाख क्षे’त्रमा बढेको तना’वलाई लिएर दुई मुलुकबीच वार्ता भइरहेका बेला सोमबार राति भएको दुई पक्षीय झ’ड’पमा केही सैनिकले सहा’दत प्राप्त गरेका छन्।उक्त झड’पबारे दुवै मुलुकले एकअर्कालाई आ’रोप लगाइरहेका छन् । चीनले भारतका कारण सो घट’ना हुन पुगेको आरो’प लगाएको छ भने भारतले चीनबाट आ’क्रम’ण भएको प्रत्या’रोप लगाएको छ । बुधबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घट’नामा सहादत प्राप्त सैनिकहरुको बलि’दानी खेरा जान नदिने प्रतिबद्धता जनाएका छन्।

बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको बताए । सँगै उनले यही भारतलाई उ’क्साएमा त्यसको जवाफ दिन पनि तयार रहेको बताए । पूर्वी लद्दाखको गलवान उपत्यकामा ’लाइन अफ एक्चुअल कन्ट्रोल’को विषयलाई लिएर भएको चिनियाँ सैनिकसँगको झड’पमा २० जना भारतीय सैनिकले ज्या’न गु’मा’एका छन् । यसबारे प्रधानमन्त्री ओलीको धारणा सार्वजनिक भएको हो।उता चीनले पनि आफूले हिं’सा नचाहेको बताएको छ । सीमा क्षेत्रमा अब यस्ता घट’ना नहोस् भन्नेमा आफूहरुले चाहेको चिनिया विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् । चीन र भारतबीचको भिड’न्तको अवस्थाले नेपाललाई पनि चि’न्तित् बनाएको छ। दुवै देशको छिमेकीको नाताले

मात्रै होइन भारतीय सैनिकमा नेपाली नागरिक पनि रहेका छन्।जब भारतको चीन र पाकिस्तानसँग भिड’न्तको कुरा उठ्ने बित्तिकै गोर्खा सैनिकलाई अग्रपंक्तिमा राख्ने तयारीबारे विभिन्न विवरण आउने गरेका छन् । अहिले पनि लद्दाखमा भारतमा गोर्खा राइफल्समा कार्यरत ३६ हजार नेपालीलाई पठाउने तयारीबारे अपुष्ट खबर आइरहेका छन्।३६ हजार गोर्खा सैनिकलाई लद्दाख पठाउने तयारीबारे भारतीय पक्षबाट हालसम्म कुनै औपचारिक धारण सावर्जनिक भएको छैन। तर, आम नेपालीमा ३६ हजार गोर्खा सैनिकलाई लद्दाखमा पठाउन लागेको हल्ला चलिरहेको छ । तर, यसबारे भारतले केही बताएको छैन।