Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

काठमाडौं । आज असार ३ गते (बुधबार) सुनको भाउ झन् उकालो लागेको छ ।मंगलबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, महासंघका अनुसार तेजावी सुनको भाउ ८९ हजार ३६५ रुपैयाँ तोकिएको छ ।विश्वभर कोरोना भाइरसका कारण अर्थतन्त्रमा उतार चढाब आइरहँदा नेपालमा सुनको भाउ उच्च विन्दूमा पुगेको हो ।महासंघको तालिका अनुसार आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९३० रुपैयाँमा किनबेच भइरहेको छ।

यो पनि आज झन् बढ्यो अमेरिकी डलरसहित यी ९ देशका मुद्राको भाउ

काठमाडौँ । आज असार ३ गते (१७ जुन, बुधबार) अमेरिकी डलरसहित ९ देशका मुद्राको भाउ बढेको छ ।विश्वभर कोरोना भाइरसको महामारी भइरहेका बेला विदेशी मुद्राको भाउमा पनि भारी वृद्धि भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२२ रुपैयाँ २४ पैसा पुगेको छ।यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय ३८ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रिदर १ सय ५४ रुपैयाँ ५५ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५७ रहेको छ।युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३९७ रुपैयाँ ५४ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३२२ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ७४ पैसा रहेको छ।