Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

दाङ । घोराही उपमहानगर पालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले विवाह गरेका छन् । घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका –५ की चौधरी थरकी २१ वर्षीय युवतीले गत जेठ ३२ मा क्वारे न्टाइनमै विवाह गरेको वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालले जानकारी दिए। करिब २५/२६ दिनअघि भारतको दिल्लीबाट आएर उनीहरु वडा नम्बर १८ को आधारभुत विद्यालय बेलघारी क्वारेन्टाइनमा बसेका थिए। ‘नौ महिनाअघि देखि उनीहरुको प्रेम सम्बन्ध रहेछ,’ वडाध्यक्ष अर्यालले भने, ‘उनीहरु सँगै भारत गएका र सँगै आएका रहे छन्। उनीहरुले जेठ ३२ मा धार्मिक संस्कार अनुसार सामाजिक दूरी कायम गर्दै बरपिपललाई साक्षी राखी विवाह गरेका हुन्।’

ती दम्पत्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई १४ दिनसम्म छुट्टा छुट्टै बस्ने निर्देशन दिएर घर पठाएको वडाध्यक्ष अर्यालले बताए। असारमा नौ महिना हुने भएकाले उनीहरु दुवैको आग्रह र घर परिवारको सरसल्लाह अनुसार क्वारेन्टाइनमा विवाह गरि दिएको समेत उनले बताए । कृष्णका अनुसार २ वर्षअघि उनको र सीताको फेसबुकबाट चिनजान भएको थियो। कृष्ण नयाँदिल्लीको एक होटेलमा सेफको काम गर्थे। सीता तुलसीपुरस्थित गोरखा माविका कक्षा १२ मा पढ्थिन्। चिनजान भएको केही समयमै उनीहरूको माया बस्यो। त्यही माया लाई विवाहमा बदल्न ९ महिनाअघि उनीहरू भागेर भारत गए।

‘९ महिना पहिला भागेर भारत गएका थियौ,’ कृष्णले भने, ‘जेठ १० गते फर्केर आएपछि क्वारेन्टिनमा बस्नु पर्‍यो। पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन विवाह गरेका हौं।’ घर परिवारले आफ्नो अन्तरजातीय विवाहलाई सहजै स्वीकार गरेको र अभिभावककै सल्ला हमा रिपोर्ट नेगेटिभ आएकै दिन समुदायलाई साक्षी राखेर औपचारिक रूपमा विवाह गरेको कृष्णले बताए।