Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ स्थिर रहेको छ । बुधबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार ३ सय ६५ मा कारोबार भइरहेको छ । तर मंगलबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यसैगरि चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदीको भाउ मंगलबारको तुलनामा ५ रुपैयाँले बढेर प्रति तोला ९ सय ३० मा कारोबार भैरहेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ । तर मंगबार चाँदी प्रति तोला ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ । कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो ।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन् । विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो ।