Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

यस महिनालाई सन्धिकालको महिना भनिन्छ ।यो महिना वर्षा ऋतुको शुरुवात हुने गर्दछ । हिन्दु पचांग अनुसारको तेश्रो महिना असार स्वास्थ्यका हिसाबले सहि महिना मानिदैन । यहि महिनामा रोगको सं क्रमण सर्वाधिक हुने गर्दछ । यस महिनाबाट वातावरण केही परिवर्तन देखिन्छ । गर्मीका फल तयार हुने महिना पनि यहि हो ।

असार महिनामा सुर्यसहित भगवान बिष्णु र देवीको उपासना पनि गरिन्छ । यहि महिनामा देवशयनी एकादशी परेकाले त्यस दिन भगवान विष्णु शयनमा जाने मान्यता छ । जसका कारण यो तिथि पश्चात आउँदो ४ महिनासम्म कुनै पनि धार्मिक काम गर्न बर्जित गरिएको छ । जान्नुहोस् असारको कुन तिथिमा के पर्व छ ।

असार १ – आषाढ/मिथुन संक्रान्ती असार ३ – योगिनी एकादशीव्रत, असार कृष्ण एकादशी असार ४ –प्रदो.ष व्रत असार ५ –दिल्लाचह्रे पूजा असार ६ – शिव चतुर्दशी व्रत असार ७ – असार कृष्ण औसीं, खण्डग्रास सुर्यग्रहण असार ९ –भगवान जगन्नाथको रथयात्रा, त्रिपुष्कर असार ११ – विनायक चतुर्थी व्रत, भूमिपूजा

असार १२ – स्कन्ध षष्ठी, साई टेऊराम जयन्ती असार १३ – वैवस्वत मनु पुजन दिवस, देउपाटनमा गंगामाई रथयात्रा, सूर्यपूजा, त्रिपुष्कर असार १४ – मासिक दुर्गाष्टमी, अष्टमी व्रत, गोरखकाली पूजा असार १५ – दहिचिउरा खाने दिन असार १७ – हरिशयनी एकादशी, तुलसी रोप्ने,चर्तुमास व्रत सुरु

असार १८ – प्रदोष व्रत असार २० – पुर्णिमा व्रत असार २१ – गुरु पुर्णिमा, ब्यास जयन्ती गुरु पूजा दक्षिणामुर्ती पूजा असार २६ – वितककथा प्रारम्भ असार २८ – रबि सप्तमी, अष्टमी व्रत असार २९ – गोरखकाली पूजा, भानुजयन्ती