Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

सविता (नाम परिवर्तन) को घर मकवानपुर । उमेर ३९ वर्ष । बिहे भएको ११ वर्ष भयो । दुई बच्चा छन् । सविता सरकारी जागिरे हुन् । उनका श्रीमान् ढुवानीसम्बन्धी काम गर्छन् । मिलिजुली घर चलेको थियो । सविता पहिलेदेखि नै श्रीमानबाट हिं’सामा पर्दै आएकी थिइन् । श्रीमानको व्यवहारबाट हैरान भएपछि सविता जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिन गइन् ।

तर प्रहरीले उजुरी लिन मानेन ।त्यसपछि उनले कानुन व्यवसायीको सहयोगमा प्रहरी प्रधान कार्यालय काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा अनलाइन उजुरी दर्ता गरिन् । प्रधान कार्यालयले भनेपछि जिल्ला प्रहरीले उजुरी दर्ता गर्‍यो अनि सविताका श्रीमानलाई पक्राउ गरेर मुद्दा चलायो । लकडाउनकै बीचमा जिल्ला अदालतमा थुनछेकको बहस भयो, काठमाडौंका कानुन व्यवसायीले भर्चुअल बहस गरे ।