Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

काठमाडौं । चिनियाँ सेनाको का’र’बा’हीमा परेर २० भारतीय सैनिक मा’रि’ए’का छन् । भारत सरकारलाई श्रोत मान्दै भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार म’र्नेहरुको संख्या ३ होईन २० रहेको छ ।भारत र चीनको सीमामा भएको झ’डपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झ’डप भएको हो ।

चीनले आधिकारीक जानकारी नदिएको भए पनि भारतीय मिडियाले ४३ चिनियाँ सैनिकलाई भौतिक रुपमा क्षति पुर्याएको बताएका छन् । मृ’तक भारतीय सैनिकहरुको संख्या थप बढ्ने अनुमान गरिएको छ । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि त’नाव रहेको छ । त’नावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । त्यसपछि भएको झ’डपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृ’त्यु भएको छ । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्वजनिक भएको छैन ।