Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

आइतबार अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेपछि उनका सहकर्मी साथी, परिवार तथा फ्यान बिक्षिप्त बने । बलिउडकर्मी मात्र नभएका टेलिभिजनका कलाकार, खेलप्रेमी तथा राजनीतिज्ञले समेत उनको मृ तआत्माको शान्तिको कामना गरे ।

उनको मृत्युको खबरले बिक्षिप्त बनेका एक बालकले आ त्मह त्या गरेको खबर आएको छ । भारतीय मिडिया पिंकभिल्लाको अनुशार १० कक्षामा पढ्ने १४ बर्षीय बालकले यस्तो कदम चालेका हुन् ।

उनले म र्नु अघि एउटा सु साईड नोट छाडेका थिए जस्मा लेखिएको छ । “IF HE CAN DO IT WHY CANT I” अर्थात उस्ले गर्नु हुन्छ भने मैले किन हुदैन ? उत्तर प्रदेशका ती बालक सुशान्तको निधनको खबरले बिक्षिप्त बनेको बताइएको छ ।

खबरका अनुशार सुशान्त ६ महिना देखि डि प्रेशनको शिकार भएका थिए । बलिउड निर्माता तथा अभिनेत्री आलिया भट्टको बुबा महेश भट्टको अनुशार उनी कसैले आफूलाइ मा र्न आएको महसुस गर्थे ।

हालै मात्र उनले अनुराग कश्यपको फिल्म रिजेक्ट गरेका थिए र अनुरागले आफुलाई मार्न लागेको कुरा पटक पटक बताउँदै आएको महेशलाई उद्धित गर्दै भारतीय मिडियाले लेखेका छन् ।

सुशान्तको यस्तो बानी थाहा पाएपछि महेशले नै रिहालाई सुशान्तबाट टाढा हुन भनेका थिए । रिहाले उनको बहिनीलाई फोन गरेर आफु अब सुशान्तसँग बस्न नसक्ने भन्दै बोलाएकी थिइन् । बहिनीले पनि पुलिसलाई केहि समय अगाडी दाजुको अपार्टमेन्टमा बसेको स्वीकार गरेकी थिइन् ।