Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

काठमाडौं । लकडाउनका बेला भारत(माइती) जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सिमाबाट फार्काइएको छ । सांसद गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका हुन् ।

उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी काठमाडौंबाट गृहजिल्ला सिराहामा पुगेकी थिइन् ।

लकडाउनका बेला भारत जान लागेकी गिरीलाई नेपालतर्फका सुरक्षाकर्मीले जान मिल्दैन भनेको थियो भने भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भनेपछि फर्काइएको स्रोतको दावी छ । सांसद गिरीको माइती बिहार हो ।