कोभिड– १९ बाट संक्रमित बिरामीलाई बचाउन सक्ने औषधी बेलायतमा पत्ता लागेको छ । खासगरी ग’म्भीर बिरामीलाई औषधीले बचाउनसक्ने बीबीसीले जनाएको छ ।
डेसामेथासोन नामक सो औषधी बेलायत स्वास्थ्यविद्हरुले विभिन्न चरणमा सफल परीक्षण गरेका हुन् । बीबीसीका अनुसार सो औषधीले भेन्जिलेटरमा पुगेका बिरामीको मृत्युको जोखिम ३३ प्रतिशत तथा अक्सिजन लिने बिरामीको २० प्रतिशत कम गर्छ ।
‘बेलायतमा महामारी सुरु हुनुअघि नै यो औषधी पत्ता लागेको भए पाँच जनाको ज्यान जोगाउन सकिनथ्यो,’ बीबीसीले लेखेको छ ।
औषधी सस्तो भएकाले अन्य देशमा सजिलै पुग्ने विश्वास लिइएको छ । यो औषधीले कोभिडविरुद्ध लड्ने व्यक्तिको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
मृत्युको जोखिम कम गर्ने औषधी पत्ता लागेपनि यसको भ्याकसिन भने पत्ता लागेको छैन । छिटोमा आगामी डिसेम्बरमा मात्र भ्याक्सिन पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।