Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउड स्तव्ध बनेको छ । उनले उठाएको गलत कदमले गर्दा पुरै फिल्म उद्योग नै आश्चर्यचकित बनेको छ ।

उनको विषयमा धेरैले गाली खाइरहेका छन् । उनलाई समस्या परेको बेलामा कसैले पनि सहयोग नगरेको भन्दै कलाकारहरु माथी सुशान्तका फ्यानहरु भड्किएका छन् । सुशान्तको अन्तिम संस्कार सकिएपछि राजनीतिज्ञ सञ्जय निरुपणले बलिउडकर्मीलाई गाली गरेका छन् ।

उनले भने,”छिचोरे हिट भएपछि सुशान्तले ७ ओटा फिल्म साइन गरेका थिए तर ६ ओटा फिल्मबाट उस्लाई निकाली सकेको थियो । फिल्म उद्योग जत्तिको निष्ठुरी कोही पनि छैन् । यही निष्ठुरीपनले एक जना सफल कलाकारको ज्यान लियो ।”