Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

काठमाडौं – गर्भावस्था हरेक महिलाकालागि एक खास अनि विषेश मानिन्छ । यो अवस्थामा विभिन्न खाले समस्याहरु आउँछन् । अन्य अवस्था भन्दा गर्भवस्थामा हरेक महिलाले विषेश ख्याल राख्नु पर्छ । सानो गल्तिले बच्चा र आमा दुबैको स्वास्थयमा नकानरात्मक असर पर्न सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ। गर्भवती जाँच गर्दा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता र खुट्टा सुन्निएको छरछैन जाँच्नुपर्दछ।

पहिलो पटकको गर्भवती जाँच महीनावारी रोकिएको थाहा हुनासाथ वा करीब ६ हप्ताको वरिपरि गराउनुपर्छ। प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्तसमूह, यौनरोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस–बी, ब्लड सुगर, पिसाब जाँच एवं अल्ट्रासाउन्ड गराउनुपर्छ। गर्भावस्थामा अन्य कुनै स्वास्थ्य समस्या देखिनासाथ थप जाँच पनि गराउनुपर्छ।

पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनुपर्छ, फोलिक एसिड र आइरन एवं क्याल्सियम जस्ता औषधि क्रमशः पहिलो र दोस्रो त्रैमासिकबाट खानुपर्छ भने तागत लाग्ने कार्बोहाइड्रे्रट तथा प्रोटिनयुक्त खानेकुरा पनि खानुपर्दछ। गर्भवति महिलाले खानपान लगायत घरायसि कामकाजमा गर्दापनि उत्तिकै सावधानि अपनाउँनु पर्छ ।

गर्भवति महिलाले गर्नहुने कुराः शरीरिक सरसफाईमा थप ध्यान दिने । बसेको अवस्थामा कम्मर र पिठ्ँयू सीधा पारेर मात्र सामान उचाल्नु पर्छ । सानो हिल भएको तथा हिड्न सजिलो हुने जुत्ता लगाउने । आफुलाई सजिलो महसुश हुने लुगा लगाउने तथा उच्चताप र दौडधुपबाट बच्ने । नियमितरुपमा साधारण तथा हल्का व्यायम गर्ने ९ यसका लागि स्वास्थ्यकर्मी सँग परामर्श लिने ० आफ्नो औषधी उपचारको रिपोर्ट, स्वास्थ्यकर्मीको सम्पर्क ठेगाना लिने ।

गर्ननहुने कुराहरुः धुम्रपान, मद्यपान , लागुपर्दाथ , एक्सरे , रसायन पर्दाथहरुबाट टाढा रहने । गहुूगो सामान नउठाउँने । कुनैपनि सामानसम्म पुग्नका लागि शरीरलाई तन्काउने काम नगर्ने । अग्लो दराजसम्म पुग्ने वा टेबलको अर्को भागमा राखेर सामान पुग्न शरीर नतन्काउने । पेट सम्बन्धी समस्याहरु सिर्जना गर्नसक्ने खालका व्यामहरु नगर्ने । स्वाथ्यकर्मीसँग सल्लाहा नगरी कुनै प्रकारका औषधि सेवन नगर्ने ।