Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

ओखलढुंगा, २ असार । विवाह गर्न जन्ती लिएर गएका बेहुलालाई मण्डपवाटै प्रहरीले नियन्त्रण’मा लिएको छ । प्रहरीले बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई पक्राउ गरेको छ । केटाको उमेर २१ वर्ष र केटीको उमेर १८ वर्ष पुरा भएको हुनुपर्ने कानुनी माध्यता छ । उमेर नपुगी विवाह गर्न जन्ती लिएर गएका बेहुला लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा उमेर नपुगेका किशोर किशोरीको विवाह गराउन लागेको भन्दै उजुरी परेको हो । २२ वर्षीय युवक र १८ वर्षीया युवती भनिएको भएपनि प्रहरीले उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । स्थानियको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो । उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन् ।

पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेको प्रहरीले जनाएको छ। । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएका थिए ।
पक्राउ परेका उनीहरुलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

असार ७ सम्म कर तिनुपर्ने सरकारको निर्देशन सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले आगामी ७ असारसम्म जसरी भए पनि कर तिर्न सरकारले व्यवसायीलाई दिएको निर्देशन खारेज गरेको छ । सरकारले ७ असारसम्म कर तिर्न जारी गरेको सूचना खारेज गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

उक्त सूचना खारेजीको माग गर्दै परेको रिटमा बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र मनोज शर्माको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता सिर्जना अधिकारीसहितले कर तिनुपर्ने सरकारी सूचना खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले गत २० जेठमा सूचना जारी गर्दै २५ गतेभित्र कर बुझाइसक्न करदातालाई निर्देशन दिएको थियो । तर, व्यापक विरोधपछि उक्त अवधि असार ७ गतेसम्म बढाइएको थियो ।