Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

काठमाडौँ, २ असार । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपालीसँग विवाह गरेकी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ ।

त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने अनुमति पत्र दिइने प्रस्तावमा उल्लेख भएको छ । लामा समयदेखि थाती नागरिकतासम्बन्धी विधेयकलाई नेकपाले अघि बढाउन चाहेको छ ।

निशान छाप परिवर्तनका लागि ल्याइएको संविधानको दोस्रो संशोधन विधेयक पास भएलगत्तै नागरिकता सम्बन्धी विधेयक पेश गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

जसअनुसार विदेशी बुहारीले ७ वर्ष स्थायी रुपमा बसोबास गरेपछि सम्बन्धित वडाको सिफारिसमा र विदेशी नागरिकता त्याग गरेमा अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको हो ।