Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

एजेन्सी । भारतको असमकी एक बेहुली अहिले चर्चामा छिन् । उनी चर्चामा आउनुको खास कारण हो उनले संसारभरी फैलिसकेको कोरोनाभाइरसको महामरीको समयमा भएको आफ्नो विबाहमा लगाएको डिजाइन युक्त मास्क हो ।

यो मास्क बनाउने डिजाइनर नन्दिनी बोराकाकटीले आफूहरुले सर्जिकल मास्क स्वास्थ्यकर्मीका लागि सर्वसाधारणले कपडाले बनेको मास्क लगाउनुपर्ने सन्देश दिनका लागी यो कलात्मक मास्क डिजाइन गरेको बताएकी छिन् ।

बेहुलाको मास्क डिजाइनर भएपनि साधारण देखिन्छ भने बेहुलकिो मास्कमा निकै सुन्दर एम्ब्रोइडरी गरिएको थियो । डिजाइनले भरिएको उक्त आर्कषक मास्क हेर्नुहोस् तस्विरमा