Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

एजेन्सी । कोरोनाले विश्व आतंकित भइरहेको बेला क्यानडेली कम्पनी पो’र्नह’बले इटाली, फ्रान्स र स्पेनका नागरिकलाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ। यो बेला घरबाट निस्कने होइन,’ पो’र्नह’बलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले भनेका छन्, ‘घरमा एक्लै कसरी बस्नु ?

यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा सित्तैमा दिने निर्णय गरेका हौं। यसले क्वारेन्टाइनमा बस्ने नागरिकको जीवनमा खुसी ल्याउने अपेक्षा गरेका छौं।’ यस्तो गम्भीर परिस्थितीमा कम्पनीको यो विज्ञापन गर्ने शैलीलाई भने केहीले विरोध गरेका छन्।

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ
एनपिआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो । अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको भनिएका चिकित्सकको पुनः परीक्षण गर्दा आज नतिजा नेगेटिभ आएको हो । उनीसँगै अस्पतालका १६ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नतिजा पनि नेगेटिभ आएको छ ।

यसअघि सोही अस्पतालका ५५ जनाको नतिजा नेगेटिभ आएको थियो । श्रेष्ठले यस अवधिमा करीब एक सय जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र त्यहाँ उपचाररत बिरामीको परिक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो । पोजेटिभ देखिएका बिरामीको भरतपुर अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको थियो । ती बिरामी राखिएको सघन उपचार कक्षमा काम गर्ने चिकित्सकको सम्पर्कमा आएका र ती बिरामीको सम्पर्कमा रहेका आफन्तको पिसिआर परीक्षण नेगेटिभ आएको हो ।

अस्पतालका बिरामी र चिकित्सकको नतिजा पोजेटिभ आएपछि सेवा ठप्प भएको अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ । सङ्क्रमण देखिएका क्षेत्रमा पूर्ण रुपमा निर्मलिकरण गरेर सुरक्षित गरिएको छ । आजबाट सघन उपचार कक्ष पनि सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । चिकित्सक र बिरामीलाई सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरुसँग सम्पर्कमा आएका सबै चिकित्सकसहितका कर्मचारीलाई होटलको क्वारेन्टिनमा राखेको थियो । सङ्क्रमण देखिएका चिकित्सकलाई अस्पतालकै क्वारेन्टिनमा राखिएको थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार नारायणी सामुदायिक अस्पतालका चिकित्सक र बिरामीको सम्पर्कमा रहेका सबैको नतिजा नेगेटिभ आएको बताउनुभयो । अस्पतालका सञ्चालक विष्णु कुँवरले सबैको नतिजा नेगेटिभ आएसँगै आजबाट बिरामी र चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण बनेको बताउनुभयो । यस सङ्कटको घडीमा कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न यस अस्पताल सधैँ तयार रहेको भन्दै उहाँले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार उपचार भइरहेको बताउनुभयो । क्यान्सरसहितको उपचार हुने यस अस्पतालले गतवर्ष एक लाख १३ हजार बिरामीको उपचार गरेको थियो ।