Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ’त्मह’त्या गरेको घटनाले बलिउड क्षेत्र तथा उनका परिवार र फ्यानहरुमाथि फेरि अर्को धक्का लागेको छ।

सुशान्तले अचानक आ’त्मह’त्या गरेको घटनाको पीडा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्। बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवीको देवर सुशान्तको मृ’त्युको खबरले नि’धन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। सुशान्तको मृ’त्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन्।

देवरको मृ’त्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि नि’धन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृ’त्यु लगभग सुशान्तको अन्तिम संस्कारका बेला भएको हो।