Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

कोरोना भाइरस (कोभिड-१९)को परिवर्तितरुपका विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाको दोस्रो रुप कोभिड-१९ भन्दा दश गुणा धेरै ख’त’र’ना’क हुने अध्ययनको निष्कर्ष छ ।अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटको तर्फबाट गरिएको अध्ययनमा कोरोनाको दोस्रो रुपमा अहिलेको कोभिड १९ भन्दा दश गुणा ख’त’र’ना’क हुने देखिएको छ ।

डेलिमेलका अनुसार अध्ययनमा संलग्न चिकित्सक तथा वैज्ञानिकले अमेरिका, बेलायत र इटलीमा गरेको कोरोना भाइरसको अध्ययनमा चीनको वुहानमा भन्दा १० गुणा भन्दा धेरै सं’क्र’म’ण सार्न सक्ने क्षमताको पाइएको छ ।वैज्ञानिकहरुले म्युटेसन स्ट्रेन तिब्र गतिमा शरीरमा रिसेप्टर्समा आ’क्र’म’ण गर्ने खालको भएको बताएका छन् । कोरोना भाइरस (SARS-CoV-2) को यो भर्जनको D614G नाम दिइएको छ । यो स्ट्रेनमा अन्य भाइरस भन्दा ४ देखि पाँच गुणा धेरै स्पाइक्स प्रोटिन हुन्छ ।