Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

‘बलिउड अभिनेता सुशान्त सिंह राजपूतको पो’स्ट’मा’र्टम रिपोर्टले उनले पा’सो लगाएर आ’त्मह’त्या गरेको बताउँछ । यस्तै केही मिडियाका अनुसार उनी व्यावसायिक दु’श्म’नीका का’रण क्लिनिकल डिप्रेशनको शि’कार भएका थिए । मुम्बई प्रहरीले उनको मृ’त्युको यो पाटोको पनि अनुसन्धान गर्नेछ ।’ महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सोमबार राती एक भिडियो ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनले भिडियोमा भने, ‘सुशान्तले फिल्मी क्षेत्रमा बिजनेस राइभलरीका कारण आ’त्मह’त्या गरेको केही मिडिया रिपोर्टले बताएको छ । प्रहरीले यो पाटोबाट पनि अनुसन्धान गर्नेछ ।’

कंगना रनौतसमेत बलिउडका केही कलाकारले सुशान्त बलिउडमा व्याप्त घरानियाँ गुट र सिन्डिकेटको शि’कार भएको र त्यतिबेला कसैले पनि उनलाई वास्ता नगरेको आ’रोप लगाएका छन् । हेयरस्टाइलिस्ट सपना भवनानीले पनि सुशान्त केही समस्यासँग जुधिरहेको बताएका थिए । सपनाले लेखेकी छिन्, ‘सुशान्त केही वर्षदेखि समस्याबाट गुज्रिरहेको कुरा कसैबाट पनि लुक्न सकेको छैन । कसैले पनि सुशान्तलाई साथ दिएनन् । कोही पनि मद्दतका लागि अग्रसर भएनन् । आज सबैजनाले दुःख जताइरहेका छन्, यसमार्फत् थाहा हुन्छ कि यो क्षेत्र कति ढोंगी छ । यहाँ कोही पनि तपाईंका साथी होइनन् ।’

‘काइ पो चे’, ‘धोनीः द अनटोल्ड स्टोरी’, ‘पीके’, ‘ब्योमकेश बख्शी’ र ‘छिछोरे’ जस्ता लोकप्रिय फिल्ममा काम गर्ने सुशान्त सिंह राजपूत आफ्नो बान्द्रास्थित आवासमा मृ’त पाइएका थिए । मुम्बई प्रहरीले ३४ वर्षीय अभिनेताले घरमा पासो लगाएर आ’त्मह’त्या गरेको पुष्टि गरेका थिए ।प्रहरीका अनुसार सुशान्त क्लिनिकल डि’प्रेशनसँग जुधिरहेका थिए र यसबाट बाहिर निस्कनका लागि उनी डाक्टरको पनि मद्दत लिइरहेका थिए ।