Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

काठमाडौं । हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्र’हार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् । उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि आज अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफँै आरडिटी गर्न पुग्नुभएको थियो ।

परीक्षणमा पोजेटिभ आएपछि उनीहरुे उहाँमाथि आ’क्रम’ण गर्दा छातीमा गम्भीर चो’ट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड– १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजङ्ग शाहीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी भण्डारी अहिले बोल्न सक्ने स्थितिमा नभएको बताइएको छ ।