Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

काठमाडौँ । पश्चिम रूकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घ’ट’नामा मुछिएका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित ६ जनाको ह’त्या गरेको भन्दै आइतबार ३४ जना वि’रूद्ध मुद्दा दायर भएको थियो ।

अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले घ’ट’नामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश दिएको हो । अदालतका स्रेस्तेदार क्रित बोहोराले दुई नाबालकलाई सुधार गृह पठाउन आदेश दिएको पुष्टि गरे ।दुवैको थुनछेक बयान र बहस आज भएको थियो । भोलिदेखि अरू अभियुक्तको बयान सुरू हुनेछ । क्रुरतापूर्वक ह’त्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ । ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले प’क्रा’उ गरिसकेको छ भने ५ जना फ’रा’र छन् ।