Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

अमेरिकी राजदूतावासले नेपालको नयाँ भूभाग समेटिएको नक्सा प्रयोगमा ल्याएको छ। भारतले नेपालले जारी गरेको नयाँ नक्सा अस्विकार गरिरहेको बेला अमेरिकी दूतावासबाट सो नक्सा प्रयोगमा आएको हो ।

अमेरिकी राजदूतावासको आधिकारित पेजमा नयाँ नक्सा प्रयोग गरिएको हो। कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा भर्खरैमात्र प्रतिनिधिसभाले पारित गरेको छ।

अमेरिकी दूतावास नेपालको नयाँ नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास हो । सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राजदूतावसको ४३ लाख भन्दा बढी फ्यानहरु रहेका छन् ।

अमेरिकी राजदूतावासको यो कदमलाई मानिसहरुले २ प्रकारले हेरिरहेका छन् । केही व्यक्तिहरु उसको यो कदमलाई खुशीका साथ स्विकार गरेर धन्यवाद व्यक्त गरिरहेका छन् भने केही व्यक्तिहरुले अमेरिकाले आम नेपालीको मन जित्न खोजेको आरोप लगाइरहेका छन् ।

त्यसरी आरोप लगाउने व्यक्तिहरु एमसीसीको विषयलाई लिएर आम जनमानसमा अमेरिकाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भैरहेको समयमा उसले नागरिकहरुको मन जित्नको लागि यसो गरेको बताउँछन् ।