Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

पिंकभिल्लाले सार्वजनिक गरेको तस्विरमा मलिन अनुहारमा गाडीमा बसिरहेको देख्न पाईन्छ । ठूलो पर्दामा पाईला चाले देखि सुशान्त कृतिसँग प्रेम सम्बन्धमा रहेका थिए । सन् २०१७ मा रिलिज भएको “रबता” फिल्ममार्फत उनीहरु नजिक भएका थिए । मिडियामा आफ्नो सम्वन्ध स्विकार नगरेपनि उनीहरु डेट गएका तस्विरहरु सार्वजनिक भैरहन्थ्यो । यो सम्वन्ध लामो समय टिकेन, २०१८ मा उनीहरु टाढिएका थिए तर ब्रेकअपको कारण अहिलेसम्म पनि रहस्यमै रहेको छ ।

सुशान्तको पूर्वप्रेमिका अंकिता लोखण्डे आफ्नो प्रेमी (नाम सार्वजनिक नगरिएको तर चर्चित व्यवसायी भनेर परिचित गराइएको )सँग अर्वाड समारोहमा आएपछि सुशान्त जलेको भन्दै बलिउडमा गसिप बनेको थियो ।

कृति तथा उनको बैहिनीसँग पनि सुशान्त एकदमै निकट थिए । संघर्षको दिनमा साथ दिएकी अंकिता लोखण्डेलाई धोका दिएर कृति सँग प्रेममा रहेका सुशान्तले यो सम्बन्ध पनि लामो समय टिकाउन सकेन्न र उनीहरु पनि छुट्टिन पुगे ।

सोमबार दिउँसो नै सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड रिहा चक्राबती भारतको मुम्बईमा रहेको कोपर अस्पताल पुगेकी थिइन् । उनी भाबुक भएको र रोईरहेको तस्विरहरु भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले सार्वजनिक गरेको थियो ।

आइतबार आ त्मह त्या गरेका सुशान्तले शनिबार उनको घर पुर्याएर आएका थिए । सोमबार बिहान बिहारको पटनाबाट सुशान्तको बुवा के के सिंह राजपुत सहित परिवारका अन्य सदस्यहरु पनि मुम्बई स्थित अस्पतलामा पुगिसकेको छन् । ३ दिदीबहिनीका एक्ला भाई सुशान्त आमाको देहान्तपछि निकै तनावग्रस्त थिए ।

बिहान पटनाबाट विमानमा उनको दिदी भिनाजुको साथमा बुबा मुम्बई आइपुगेका हुन । सुशान्तको पो स्टमा र्टम रिपोर्ट पनि बहिनीलाई जिम्मा लगाइसकेको छ । पो स्टमा र्टम रिपोर्टमा उनको निधन सास थुनिएर भएको देखिएको छ।

उनको मृत्यु झु ण्डिएका कारण सास बन्द भएर भएको देखिएको हो। उनले कुनै प्रकारको नसालु पदार्थ सेवन भने नगरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी छ। राजपूतको आज मुंबईमा अन्तिम संस्कार गरिने तयारी थालिएको छ।