Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम दा हसं स्कार गरिएको छ । सोमबार मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम दा हसं स्कार गरिएको हो ।

उनलाई बुवा केके सिंह र बहिनीहरुले दा गबत्ति दिएका थिए । पो ष्टमा र्टमपछि सुशान्तको शव कुपर अस्पतालमा राखिएको थियो । सोही अस्पतालबाट शवयात्रा गरिएको थियो ।

यद्यपि,परिवारले अन्तिम दा हसंस्कार पटनामा गर्न चाहेको थियो तर कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको सुशान्तका भाई निरजले बताए ।

सुशान्तको मृ त शरीरको कोरोना परीक्षण समेत गरिएको थियो । परीक्षणको नतिजा नेगेटिभ आएको छ । दिवंगत अभिनेता सिंहको सोमबार मुम्बईको विले पार्ले स्थित सेवा समाज श्मशान घाटमा अन्तिम सं स्कार गरिएको छ।

अ न्त्येष्टि कार्यक्रममा, सुशान्तका पिता आफन्त, श्रद्धा कपुर, रिया चक्रवर्ती लगायतका कलाकार पनि सहभागी थिए।

अभिनेता सुशान्त आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेका थिए। उनले किन आ त्मह त्या गरे भन्नेबारे केही खुल्न सकेको छैन। सुशान्तको निधनले बलिउड क्षेत्रमा शोक छाएको छ। कलाकारहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।