Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड रिहा चक्राबती भारतको मुम्बईमा रहेको कोपर अस्पताल पुगेकी छिन् । उनी भाबुक भएको र रोईरहेको तस्विरहरु भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले सार्वजनिक गरेको हो । आइतबार आ त्मह त्या गरेका सुशान्तले शनिबार उनको घर पुर्याएर आएका थिए ।

रिया चक्रवर्ती एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले एमटिभी इन्डियामा वीजेको रूपमा सुरुवात गरिन्। २०१३ मा, उनले आशिमा चिब्बर द्वारा निर्देशित चलचित्र मेरे ड्याड की मारुतिबाट बलिउडमा पदार्पण गरिन् ।

भारतीय समाचार माध्यमहरुले शुसान्तले त्यस्तो निर्णय गर्नु एक दिन अघि बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए । उनीहरु दुवैजना गहिरो प्रेममा रहेको पनि समाचारमा दावी गरिएको छ । उनीहरु केही समय देखि दुवैजना लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले उजागर गरेको छ ।

उनीहरु प्रेममा रहेको कुरा भारतीय सञ्चार माध्यमले दावी गर्दै संगै रहेका तस्विर र भिडियो सार्वजनिक गरेका थिए । ति तस्बिर र भिडियोमा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले लुकिछुपि धेरैपटक भेट गरेको एक मिडियाको क्यामेरामा कैद भएको थियो । उनीहरुले सोसल मिडियामा रोमान्सले भरिएका तस्विरहरु शेयर गर्थे जहाँ दुई जना नै अत्यन्तै हर्षित अनुहारमा देखिन्थे ।